जेनजी आन्दोलनले मधेशमा ७ करोडभन्दा बढी क्षति

हालै व्यापक बनेको जेनजी आन्दोलनले मधेश प्रदेशमा ठूलो भौतिक क्षति पुर्‍याएको तथ्याङ्क सार्वजनिक भएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा ९० वटा प्रहरी कार्यालय र २०७ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। यसबाट मात्र ७ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको क्षति पुगेको हो।

यस्तै, आन्दोलनकारीहरूले सवारी साधनलाई पनि लक्ष्य बनाएका थिए। प्रहरीका अनुसार करिब २ करोड ६ लाख ७८ हजार रुपैयाँ मूल्यका सवारीसाधन जलाइएका छन्। यसले प्रहरी परिचालन र सरकारी सेवा प्रवाह केही दिन प्रभावित भएको थियो।

तर, क्षतिग्रस्त कार्यालयहरूको मर्मतपश्चात् पुनः सञ्चालनमा ल्याइएको र विस्थापित प्रहरी कर्मचारीहरू आ–आफ्नो कार्यक्षेत्रमा फर्किएको प्रहरीले जनाएको छ।

विशेषज्ञहरूका अनुसार, आन्दोलनले सार्वजनिक सम्पत्तिमा पुर्‍याएको विनाशले यसको वैधानिकता र नियन्त्रणबारे गम्भीर बहस खडा गरेको छ।

Comments (0)
Add Comment