जसपा मधेश प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा

 जनकपुरधाम-जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही असोज २७ र २८ गते जनकपुरधामको निधि भवनमा हुने प्रदेश अधिवेशनका लागि भुगोल बाट प्रतिनिधि छनौट लगभग सम्पन्न भएको छ। प्रदेश भित्र रहेको करिब ८५ हजार क्रियाशिल सदस्य मध्येबाट करिब ४ सय ५० प्रतिनिधि छनौट भएको केन्द्रिय निर्वाचन समितिका संयोजक नवलकिशोर यादवले जनाएका छन ।

प्रदेश निर्वाचन क्षेत्रलाई इकाई मानेर भएको प्रतिनिधि छनौटमा २०० सय क्रियाशिल सदस्यमा १ जना प्रदेश अधिवेशन प्रतिनिधि छनौट भएका हुन । यसका अतिरिक्त पार्टी जिल्ला कमिटी, भातृ एवं जनवर्गीय संगठन तथा कुल प्रतिनिधिको पाँच प्रतिशत प्रदेश समितिबाट प्रतिनिधि मनोनयन हुने व्यवस्था समेत रहेको हुँदा साढे पाँच सय जति प्रतिनिधि अधिवेशनमा सहभागी हुने प्रदेश अध्यक्ष बालकिशोर यादवले जनाएका छन ।

अधिवेशनको पहिलो दिन पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा उद्घाटन सत्र हुने भएको छ । अधिवेशन बाट नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष बालकिशोर यादव र पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

दुबै जना केन्द्रिय नेता एवं अधिवेशन प्रतिनिधि रिझाउन व्यस्त देखिएका छन । मधेश प्रदेशका केन्द्रिय नेताहरु मध्ये केही बालकिशोर यादवको पक्षमा खुलेका छन भने केही योगेन्द्र राय यादवको पक्षमा खुलेका छन । जसका अध्यक्षको प्रतिस्पर्धा झन रोचक हुने अनुमान गरिएको छ ।

Comments (0)
Add Comment