सुदन गुरुङ र मेयर बालेन शाह विरुद्ध युवा संघ बाराको प्रहरीमा जाहेरी

बारा । नेकपा एमाले निकट युवा संघ बाराले आज सुदन गुरुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी बुझाएको छ ।

युवा संघ बाराका अध्यक्ष सद्दाम अन्सारीको नेतृत्वमा मोटरसाइकल र्‍याली सहित प्रहरी कार्यालय पुगेका कार्यकर्ताहरूले दुबैजना विरुद्ध कानुनी कारबाहीको माग गरेका हुन् । उनीहरूले सरकार र राज्यका अंगहरू विरुद्ध नाराबाजी गर्दै सुदन गुरुङ र बालेन शाहले राज्यको मर्यादा विपरीत अभिव्यक्ति र गतिविधि गरेको आरोप लगाएका छन् ।

जाहेरी बुझाएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले प्रहरीले जाहेरी लिएको र छानबिनपछि कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने जानकारी दिनुभएको छ । उनका अनुसार आवश्यक प्रमाण संकलन र कानुनी आधारको मूल्यांकनपछि प्रक्रिया अघि बढाइनेछ।

युवा संघका कार्यकर्ताहरूले भने कानुन भन्दा माथि कोही नभएको बताउँदै राज्यको मर्यादा र कानुनी शासनको पक्षमा अभियान निरन्तर चलाउने चेतावनी दिएका छन् ।

Comments (0)
Add Comment