जनमत पार्टी अध्यक्ष र मधेश प्रदेश मुख्यमन्त्रीबीच शिष्टाचार भेट

जनमत पार्टीको केन्द्रीय कार्यालय, मध्यबानेश्वरमा आज जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सी के राउत र मधेश प्रदेशका मुख्यमन्त्री माननीय जितेन्द्र सोनलबीच शिष्टाचार भेटघाट भएको छ।

भेटघाटका क्रममा पार्टी संगठन सुदृढीकरण, मधेश प्रदेशको समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रिय राजनीति सम्बन्धी विषयमा छलफल गरिएको जनमत पार्टी स्रोतले जनाएको छ।

यस अवसरमा पार्टीका राष्ट्रिय उपाध्यक्ष नरेन्द्र चौधरी, माननीय बसन्त कुशवाहा, डा. जयकान्त राउत र महासचिव माननीय चन्दन सिंहको समेत उपस्थिति थियो।
नेता तथा पदाधिकारीहरूबीच भएको भेटलाई भविष्यमुखी राजनीतिक सहकार्य र आपसी समन्वयका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

पार्टीका अनुसार छिट्टै संगठन विस्तार, नीति तथा कार्यक्रम कार्यान्वयन र प्रदेश–संघीय सरकारबीच समन्वयलगायत मुद्दाहरूमा विस्तृत छलफल गर्ने तयारी पनि गरिएको छ।

 

Comments (0)
Add Comment