जनमत पार्टीमा ठुलो असन्तुष्टि : सर्लाहीका ४० जना नेताहरूले दिए सामूहिक राजीनामा

काठमाडौँ । सीके राउत नेतृत्वकाे जनमत पार्टीमा आन्तरिक असन्तुष्टि बढ्दै गएको बेला सर्लाहीका दर्जनौँ नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।

जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य ई. त्रिभुवन सिंह, प्रतिनिधि सभा सर्लाही क्षेत्र नं.४ का प्रत्यासी रामबाबु राय, प्रदेश सभा क्षेत्र नं.४(ख) का प्रत्यासी प्रमोद यादव, प्रदेश सभा क्षेत्र नं.३(ख) का प्रत्यासी सत्रुधन साह, पूर्व डीएसपी नरेश महतो, र गगनदेव साहसहित करिब ४० जना नेताहरूले सो पार्टी छाडेको नेता त्रिभुवन सिंहले बताए ।

राजीनामा दिने नेताहरूले पार्टीभित्र सङ्गठनात्मक कमजोरी, नेतृत्वको एकपक्षीय निर्णय र स्थानीय कार्यकर्ताको आवाज बेवास्ता गरिएको कारण देखाउँदै पार्टी परित्याग गरेको उनले बताए ।

राजीनामा पछि ती नेताहरूले अर्को राजनीतिक बाटो रोज्ने तयारी गरेको स्रोतले जनाएको छ । तर उनीहरूले कुन पार्टीतर्फ जाने भन्ने विषयमा भने औपचारिक घोषणा गरेका छैनन् ।
Comments (0)
Add Comment