मङ्सिर २६, एजेन्सी :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ। यसबारे जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेका हुन्।
मोदीका अनुसार वार्ता अत्यन्तै सकारात्मक रह्यो। उनले भने, “हाम्रो द्विपक्षीय सम्बन्धमा हासिल प्रगतिहरूको समीक्षा गर्यौँ, साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा विस्तृत छलफल भयो।”
दुवै नेताबीचको संवादमा भारत–अमेरिका सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउने विषयमा जोड दिइएको छ। विश्व शान्ति, स्थिरता र समृद्धिका लागि दुवै मुलुकले आफ्नो प्रतिबद्धता दोहोर्याएको मोदीले उल्लेख गरेका छन्।