बारा
नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक किरण कार्कीको सेवा अवधिमा आर्जित सम्पत्तिबारे नागरिक समाजले छानबिनको माग गरेको छ। कार्कीको जन्मस्थल रौतहटको समनपुर रहेको बताइए पनि बसाइँसराइ गरी सर्लाहीको हरिवनबाट नागरिकता लिएको उल्लेख गरिएको छ।
उपलब्ध विवरणअनुसार कार्की वि.सं. २०७० असोज १५ गते प्रहरी जवान पदमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी वि.सं. २०८० मंसिर १ गते प्रहरी नायब निरीक्षकमा बढुवा भई वि.सं. २०८२ श्रावण १ गतेदेखि प्रहरी सहायक निरीक्षक पदमा विभागीय जिम्मेवारीमा रहेको बताइन्छ। उनको कम्प्युटर कोड ४०९७५३ तथा कर्मचारी संकेत नं. C-००१२३५९५ रहेको उल्लेख छ। प्रहरी सेवामा उनको कार्यकाल करिब १३ वर्ष पुगेको छ।
नागरिक समाजका प्रतिनिधिहरूले कार्कीले आफ्नो सेवाकालको अधिकांश समय यातायात व्यवस्था कार्यालय अन्तर्गत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुने शाखामा कार्यरत रहँदा लिखित तथा ट्रायल परीक्षामा अनियमितता भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार नक्कली परीक्षार्थीहरू समावेश गराई ठूलो मात्रामा भ्रष्टाचार भएको शंका रहेको र त्यसबाट अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरिएको दाबी गरिएको छ। उक्त सम्पत्ति श्रीमती, आमा–बुवा, भाइ, सासु तथा ससुराको नाममा राखिएको हुन सक्ने आरोप समेत लगाइएको छ।
हाल कार्की जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत रहँदै यातायात व्यवस्था कार्यालय कलैयाको ट्रायल प्रमुखको जिम्मेवारीमा रहेको बताइन्छ। उनले विगतमा वीरगञ्ज र रौतहटका यातायात कार्यालयका ट्रायल सेन्टरहरूमा पनि काम गरिसकेको जनाइएको छ।
यस सन्दर्भमा नागरिक समाजले कार्कीको १३ वर्षे सेवा अवधिमा आर्जित सम्पत्तिको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी नायब निरीक्षक किरण कार्कीलाई उहाँको मोबाइल नम्बर ९८५४०९०२४८ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन। साभारः शुभारम्भ दैनिक