Modern technology gives us many things.

जीतपुरसिमरा ७ का वडाध्यक्ष गुप्ता पक्राउ

सिमरा : बसन्त खतिवडा/ वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ता पक्राउ परेका छन्।

शुक्रबार राति वडाध्यक्ष गुप्ता आफ्नो समर्थकसहित स्थानीय जीतपुर सिमरा उपमहानगरपालिका निवासी समाजसेवी परशुराम गिरीको घरमा पुगी ढुंगामुढा गरी उपद्रो गरेको आरोपमा पक्राउ परेका हुन।

वडा अध्यक्षका समर्थकहरुले समाजसेवी गिरी लगायत उनको परिवारका सदस्यलाई निर्घात कुटपिट गरेपछि गिरीले प्रतिकारमा बन्दुक निकालेर एक राउण्ड हवाई फायर गरेका थिए। सो पश्चात अध्यक्ष गुप्ता र समर्थकहरु को भागाभाग भएको थियो ।

घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय बारामा छलफल गरेपनि निष्कर्षमा नपुगेपछि वडा अध्यक्ष गुप्तालाई उपद्रो मुद्दा अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिई हिरासतमा राखेको हो।

२४ घण्टाभित्र गुप्ताको अनुसन्धान नसकिए म्याद थप गरेर भएपनि उनलाई अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

Leave A Reply

Your email address will not be published.