Modern technology gives us many things.

मुख्यमन्त्रीद्वारा खोला क्षेत्रको अनुगमन, टिपर र लोडर नियन्त्रणमा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाको जलाद खोला वन क्षेत्रको नदिमा स्थलगत अनुगमन गर्दा नियम विपरीत अवैध रुपमा बालुवा ढुङ्गा उत्खनन् गरेको पाइएपछि मुख्यमन्त्रीको आदेशमा प्रहरीले केही टिपर र लोडर नियन्त्रण लिएको छ ।

धनुषाको मिथिला नगरपालिकामा रहेको सो खोलाबाट नगरपालिकाले वातावरणीय प्रभावको मूल्याङ्कन गरेर उत्खनन्का लागि स्वीकृति दिएको सूचनाको आधारमा मुख्यमन्त्री सिंह आफैले अनुगमनका लागि पुगेपछि ६ वटा टिपर र २ वटा लोडर नियन्त्रणमा लिन आदेश दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

वन क्षेत्रमा प्रदेश वन मन्त्रालयको वातावरणीय प्रभावको मूल्याङ्कन गरेपछि सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयबाट उत्खनन्का लागि स्वीकृति दिने कानूनी प्रावधान विपरीत नगरपालिकाले उत्खनन्का लागि आदेश दिएको भन्दै अनुगमनका लागि मुख्यमन्त्री पुग्नु भएको थियो ।

अनुगमनको क्रममा वन ऐनको उल्लङ्घन पाइएकाले मुख्यमन्त्रीको आदेशमा पक्राउ परेका सबै टिपर र लोडर ईलाका प्रहरी कार्यालय ढल्केवरमा राख्ने काम भएको छ ।

ठेकेदारलाई आवश्यक कागजात सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले जानकारी दिनु भएको

छ ।

Leave A Reply

Your email address will not be published.