गढिमाई मेलाको हिसाब सार्वजनिक , एक करोड ८० लाख बढी मुनाफा
पञ्चवर्षीय गढीमाई मेलाको आय व्यय शनिबार एक कार्यक्रमको बिच सार्वजनिक गरीएको छ। गढीमाई पञ्चवर्षीय मेलामा जम्मा आम्दानी पाँच करोड ३६ लाख ३१ हजार ९३८ रुपैया भएको छ। भने खर्च तिन करोड ५५ लाख ४१ हजार १३६ भई गढीमाई मेलाबाट कुल आम्दानी एक करोड ८० लाख ९० हजार ८०२ रहेको छ।
महागढीमाई नगरप्रमुख एवम् मेला मुल समितिको अध्यक्ष उपेन्द्र प्रसाद यादवको नेतृत्वमा सँचालन भएको गढीमाई पञ्चवर्षीय मेलामा जग्गा बिक्रिबाट रु ७३ लाख ८८ हजार पाँच सय , मनोरञ्जन ब्यवस्थापनबाट रु एक करोड ६ लाख ११ हजार , बिशेष दर्शन ब्यवस्थापनबाट ५७ लाख , महागढीमाई नगरपालिकाबाट एक करोड ३० लाख , रँगाबाट २४ लाख १४ हजार ५५२ , परेवा ब्यबस्थापनबाट २८ लाख ९० हजार ७०० , मनत मुण्डलबाट ८२ हजार ५०० , पार्किङ ब्यवस्थापनबाट १३ लाख ५२ हाजिर ८९५ , दानपेटीबाट ६८ लाख ८० हजार ५७४ , पोखरीको माछा बिक्रि गरेबापत एक लाख दुई हजार ९५० , धरौटी रकम तिन लाख २५ हजार ,अन्य आम्दानीबाट आठ लाख ९५ हजार २६७ , गुदरी बजारबाट दुई लाख आठ हजार, बिधुत ब्यवस्थापनबाट १७ लाख ८० हजार आम्दानी भएको छ। भने बिभिन्न शिर्षकमा तिन करोड ५५ लाख ४१ हजार १३६ रुपैया खर्च भएको आय व्यय विवरण सार्वजनिक गरीएको छ।
उक्त आय व्यय सार्वजनिकरणमा सुचना सम्प्रेषण तथा अन्य सुचना सम्बन्धी खर्चमा १९ लाख ८२ हजार खर्च भएको उल्लेख गरीएकोमा बाराका पत्रकारहरुले आपत्ति जनाएका थिए। बाराका पत्रकारहरुले पञ्चवर्षीय गढीमाई मेला बारा जिल्लाको भएकोले निःशुल्क रुपमा सेवा प्रदान गरेकोले कुनै पनि पत्रकारले गढीमाई पञ्चवर्षीय मेलाबाट केहि नपाएकोले त्यति रकम खर्च भएकोमा आपत्ति जनाएका थिए।
उक्त आपत्तिमा महागढीमाई नगरपालिकाको नगरप्रमुख एवम् मुल मेला समितिको अध्यक्ष उपेन्द्र प्रसाद यादवको सम्पुर्ण हिसाब भएकोे आज होईन भोलि पर्सिमा उपलब्ध गराउने बताएका छन्। साथै नगरप्रमुख यादवले गढीमाई पञ्चवर्षीय मेला आफ्नो नेतृत्वमा भएकोे कुनै पनि अप्रिय घटनाहरु नभएको दाबी गर्दै आफुहरुले पारदर्शी काम गरेकोले गढीमाई पञ्चवर्षीय मेलाको आय व्यय सार्वजनिक गरीएको छ।
गढीमाई पञ्चवर्षीय मेलाबाट जिन्सीको समान लगायत बिभिन्न किसिमको सुन चाँदी सहितको गहना सहित बिभिन्न देशको मुद्रा समेत प्राप्त भएको छ। उक्त नगद सहित गहना र बिदेशी मुद्दा गढीमाई बिकास समितिको अधिनमा रहेको छ। आफु लगायत नगरपालिकाले गढीमाई पञ्चवर्षीय मेलाबाट भएको आम्दानीबाट एक सुक्का नलिएको दाबी गरेका छन्।
गढीमाई पञ्चवर्षीय मेलाबाट भएको आम्दानीबाट समितिको निर्णय अनुसार जग्गा खरिद गर्ने समेत नगरप्रमुख यादवले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा गढीमाई पञ्चवर्षीय मेलामा सहयोग गर्ने उप समितिहरू, भद्र भलादमीहरु , प्रहरी प्रशासन, नगरप्रहरी, पत्रकारहरुलाई सम्मा
न गरीएको थियो।