Modern technology gives us many things.

मधेश सरकारले ल्यायो नीति तथा कार्यक्रम

मधेश प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएर आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदीले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतका कार्यक्रमको निरन्तरताका साथै कृषिलाई प्राथमिकतामा राखिएको उल्लेख छ। नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतितर्फ जोड दिएको प्रदेश प्रमुख सुवेदीले बनाइन्।

मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रम यसपटक पनि आकर्षक नाराले भरिएको छ। कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा प्रयोग गरी मधेशलाई आत्मनिर्भर बनाउन ‘मधेशले देशलाई खुवाउने अभियान’लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारा दिइएको छ। यसैगरी ‘मधेशको शान, स्थानीय मखान’ नाराका साथ मखान खेतीको विकास र विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’, ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’, रोजगारी वृद्धि गर्न श्रमिकलाई सवारी, घरघरमा रोजगारीको नारा दिइएको छ। त्यसैगरी, बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चा के स्कुल पठाओ साक्षरता के दीप जलाओ’ र ‘स्वस्थ समाजका लागि गुणस्तर शिक्षा’ कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।

Leave A Reply

Your email address will not be published.