Modern technology gives us many things.

सरकारले भोलि शनिबार देशैभर सार्वजनिक बिदा दियो

काठमाडौँ। नेपाल सरकार, गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि शनिबार (२०७८ असार २४ गते) देशैभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुसलमान धर्मावलम्बीहरूको पवित्र पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।

गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाल राजपत्रमा पूर्वप्रकाशित सूचनाअनुसार बकर ईदको दिन सार्वजनिक बिदा रहने व्यवस्था गरिएकाले यस वर्ष मुस्लिम आयोगको सिफारिस अनुसार असार २४ गते शनिबार बिदा दिन लागिएको जानकारी गराइएको छ।

बकर ईदको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई मन्त्रालयले शुभकामना व्यक्त गरेको छ।

विज्ञप्तिमा सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीको दस्तखत छ।

Leave A Reply

Your email address will not be published.