Modern technology gives us many things.

होस्टेलमा खसेको थियो एयर इन्डियाको जहाज, ६१ जना विदेशी नागरिक थिए सवार

एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा ६१ जना विदेशी नागरिक रहेको जनाइएको छ। जसमा बेलायतका ५३, पोर्चुगलका ७ र एक जना क्यानडाका नागरिक रहेको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानमा १६९ जना भारतीय नागरिक र १२ जना क्रु मेम्बर रहेको बताइएको छ। बिहीबार गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनको लागि उडान भरेको एयर इन्डिया ७८७ विमान केही मिनेटमै बस्तीमा खसेको थियो। विमान डाक्टहरू बस्ने होस्टेलमा खसेको त्यहाँको प्रहरी अधिकारीले बताएका छन्। उक्त होस्टेलमा ५०-६० जना बस्दै आएको बताइएको छ।
विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानी पनि सवार रहेको बताइएको छ। घटनाको पूर्ण विवरण आइसकेको छैन। उद्धार कार्य जारी रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
Leave A Reply

Your email address will not be published.