Modern technology gives us many things.

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

काभ्रेको महाभारत गाउँपालिका–१ गोकुलेकी २१ वर्षीया रेनुका लुङ्गेलीको हेलिकप्टरमार्फत उद्धार गरी आमा र शिशुको जीवन जोगाइएको छ। राष्ट्रपति–महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार गरिएपछि उनलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको हो।

स्थानीय स्वास्थ्य चौकीमा भर्ना भएकी रेनुकालाई सोमवार बेलुकादेखि सुत्केरी बेथा लागेपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। त्यसपछि गाउँपालिकाको पहलमा हेलिकप्टरमार्फत तत्काल उद्धार गरिएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।

यसअघि शुक्रवार महाभारत–७ की २८ वर्षीया गर्भवती देवकुमारी पाख्रिनको पनि यस्तै तरिकाले उद्धार गरिएको थियो। गाउँपालिकाका अधिकांश सडक कच्ची भएका कारण वर्षायाममा सवारीसाधन चल्न नसक्ने अवस्था छ। यसैले गम्भीर अवस्था आएका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हेलिकप्टरमार्फत अस्पताल पु¥याउनु परेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्थानीय तहको सक्रियता र राष्ट्रपति–महिला उत्थान कार्यक्रमको प्रभावकारी कार्यान्वयनले ग्रामीण भेगका आमाहरूको जीवनरक्षा गर्न सघाउ पुर्‍याएको स्थानीयवासीले बताएका छन्।

Leave A Reply

Your email address will not be published.