Modern technology gives us many things.

चतुर कार्यालय प्रमुख साह यतायातमा आतंक मचाउदैं,उनका धावन गुप्ता र महतो असुलीमा ब्यस्त

पर्सा- यातायात व्यवस्था कार्यालय वीरगञ्जमा भ्रष्टाचार मौलाउँदै, अवेध असुलीको दर बढेको र कार्यालयमा बिचौलियाहरूको प्रभाव बढदै गएको समाचार प्राप्त भएको छ ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जको सवारी फाट र लाईसेन्स वितरण प्रक्रियामा भ्रष्टाचार मौलाउँदै, अवेध असुलीको दर बढेको र कार्यालयमा बिचौलियाहरूको प्रभाव बढदै गएको समाचार प्राप्त भएको हो ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुखको रुपमा कुशेश्वर साह आए देखी यातायात कार्यालयमा भ्रष्टाचार मौलाउँदै, अवेध असुलीको दर बढेको र अनियमितता झन् मौलाउदै गरेको देखिएको हो । कार्यालय प्रमुख साहको आर्शिवादमा मोटरसाईकल फाटका अधिकृत अभिनाश गुप्ता, ट्रायल प्रमुख रामसुन्दर महतोले यातायात कार्यालयमा चरम असुलीको टेण्डर चलाईरहेको समाचार स्रोतको दावी छ ।

कार्यालय प्रमुख साह करिव ४ बर्ष पहिला पनि यातायात कार्यालय वीरगञ्जको सवारी फाटमा हुदाँ असुली कारोवारमा निकैं चर्चित बने पछि तानिएका थिए । अहिले यातायात कार्यालय वीरगञ्जमा उनि चतुर प्रमुखको नामले परिचित छन, भने पुरानै रणनिति अपनाएर सजिलै सेटिङ्ग गर्न सफल रहेका साहले आर्थिक अपचलन तथा असुलीका लागी आफ्ना धावनको रुपमा अधिकृत गुप्ता र महतोलाई परिचालन गरेर आतंक मचाएको देखिएको छ ।

बिगत लामो समय वीरगञ्ज यातायात कार्यालयको सवारी फाटबाट मोटो रकम कमाएर बिवादमा परेका साहको निकै राजनितिक पहुच रहेको जानकारहरु बताउछन । राजनितिक पहुचले गर्दा मान्त्रालयबाट सजिलै सेटिङ्ग मिलाएर आर्थिक अपचलन गर्न पर्सा जिल्ला आउन सफल भएको समेत स्रोतले जनाएको छ ।

 यता कार्यालय प्रमुख साहले परिचालन गरेका धावन गुप्ता र महतोले गुरु भन्दा कम छैन्न । मोटरसाईकल फाटमा रहेका अधिकृत गुप्ता पैसा बिना कागजातहरु हेर्न पनि मान्दिन भने दर्ता, नामसारी, नविकरण, सनाखत लगायतका कामहरुमा सेवाग्रहीहरुसँग दर रेट तोकेर असुली कार्य गरिरहेको नाम नछापने शर्तमा एक जना कर्मचारीले जानकारी दिए । उनले भने अधिकृत गुप्ताको दररेट छुटै हुन्छ, उनि मनोपरी तरिकाले पैसा उठाउने काम गर्छन पैसा नदिए काम हुनसकिदैन ।

यति मात्र होईन नयाँ आर्थिक बर्ष देखि अधिकृत गुप्ताले पहिला देखि दोब्बर पैसा लिने नयाँ दररेट बनाएका छन, भने गुप्ताले तोकेको दररेट स्ववीकार नगरे वापत काम नहुने गरेको हिजोको घटनापरिघटनाले पुष्टि भएको छ ।

सवारी साधन किनबेच गरिसके पछि कानूनी रुपमा सवारी साधनको स्वामित्व हस्तान्तरण गर्न नामसारी गर्नु पर्छ । नामसारी प्रकृया सहज र सरल छ ।

नमसारीको लागी चालु आर्थिक वर्ष सम्मको कर चुक्ता भईसकेको छ भने राजस्वको रसिद काट्ने, नामसारी फाराममा किन्ने बेच्‍ने मान्छेको विवरण भरी प्राविधिक निरीक्षण गराउने, बीमा नगरेको भए बीमा गरी पोलिसी पेपर साथै राख्‍ने, सक्कल ब्लूबुक र क्रेताको फोटो सहित किन्ने बेच्‍ने दुबै सक्कल नागरिकताका साथ उपस्थित हुन प्रकृया हुन्छ । यति गरेपछि फाराम, फाइल, ढड्डा र ब्लू बुकमा नामसारीको अभिलेख चढाएर प्रमाणित गराए पछि नामसारी सम्पन्न हुने गर्छ, तर कहिलेकाहीँ किन्ने बेच्‍ने दुबैको एकैसाथ समय नमिलेर, कहिले किन्ने मान्छे नभेटिँदै सवारी धनी बाहिर जानु पर्ने भएर वा अन्य कुनै कारणले तत्काल नामसारी गर्न मिलेन भने सवारी धनी स्वयं कार्यालयमा उपस्थित भई औँठाछाप, दस्तखत भिडाई पछि नामसारी भएमा आफ्नो सहमती छ भनी कबोल गरी छोडिदिने प्रकृया सनाखत रहेको नमावलीमा उल्लेख गरिएको छ । सनाखतका लागि सवारीधनीले भविष्यमा नामसारी भएमा मन्जुर छ भनी सनाखत गरिदिनका लागि १। सवारी साधनको सक्कल फाइल २। सवारी धनीको सक्कल नागरिकता ३। सवारी साधनको सक्कल ब्लू बुक ४। सनाखत फारामको आवश्यकता पर्छ र सबै कागजात सहि भए सनाखत गरेर मान्छे छोडने र सनाखतको ३५ दिन भित्र नामसारी गराउनु पर्ने नियम हो ।

तर यातायात कार्यालय वीरगञ्जमा प्रमुख साहले आफ्नै तरिकामा नियम नबाएर आर्थिक असुली गरिरहेका छन, भने आफ्ना धावनहरुलाई पनि असुली गर्न आफुले बनाएको नियमलाई पाल्ना गर्दै आतंक मचाउन दिएका हुन ।

मंगलवारको घटनाले आस्च्रयचकित बनाएको छ, सनाखतको लागी आवश्यक सबै कागजात हुदाँ पनि गर्न नपाईने, सेवाग्राहीलाई घण्टौ कुराएर काम गरे बिना अधिकृत गुप्ताले बिभिन्न बाहानामा फर्काएका थिए । सेवाग्राही घण्टौ कुरेर काम भए बिना फर्किदा निराश भएका थिए, यस्ता प्रचण्ड गर्मिको समयमा कुर्नु सजिलो पनि हुदैन सोही सनाखतको बिषयमा समान्य बिवाद समेत भएको थियो । बिवाद हुदाँ कार्यालय प्रमुख साह र उनका धावन अधिकृत गुप्ता र महतो आफ्नै तालमा कुरा गरेका थिए । पैसा नपाए काम हुदैन, पैसा लिएपछि काम गर्छन अनि ब्यवहारी रुपले गरेको बाहाना बनाउनछन । पैसाको लागी आफुले मनचाहे नियम बनाउने र मनोपरी असुली मात्र गर्ने प्रबिधिमा लिप्त कार्यालय प्रमुख साह र उनका धावनहरु रहेको देखियो प्रत्यक्षदर्शीले बताएका छन ।

  मंगलवार सनाखतको काम भएन र सो काम नहुनु को कारण हो दोब्बर पैसा नदिनु पहिलाको दररेट भन्दा दोब्बरको मांग गरेका गुप्ताले पैसा नपाएपछि काम नै गरेनन ।

२०७६ साल देखि वीरगंज यातायातमा कार्यरत रहेका छैठौं तहका कम्प्यूटर अधिकृत गुप्ताको सरुवा गत साल सर्लाही जिल्लाको मलंगवा यातायातमा भए पनि उनी मन्त्रालयलाई रिझाई २०८१ असोजमा काज सरुवा गराई पुनः वीरगञ्ज आएका थिए ।

अधिकृत गुप्ता दैनिक १० हजार देखि १ लाख सम्म घुसको रकम असुली गर्न सफल व्यक्तिको रुपमा चिनिएका छन, भने उनलाई साथ दिने फाटका सरोज आचार्य लगायतका अरु अधिकृतहरु प्नि निकै सहयोगीको रुपमा साथ दिने गरेका छन ।

अधिकृत गुप्तालाई अहिले चर्चामा छन , भने उनका गतिबिधिले पैसा ल्याउ काम गराउ प्रबिधि कार्यालय प्रमुख साहले सुरु गरेको समाचार स्रोतको दावी छ । सो

यता ट्रायल प्रमुख महतोको पनि कम लिला छैन्न । उनि कागजको टुक्रा, टुक्राबाट पैसा असुल गर्छन । बिचौलिया मार्फत तथा सेटिङ्गमा ट्रायल पास गराउन चिठ्ठिको संकेतले कागजको टुक्रा, टुक्राबाट असुली गर्छन ट्रायल प्रमुख महतो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको प्रत्यक्ष निगरानीमा सञ्चालन हुदा ट्रायल परीक्षामा मात्र १६ प्रतिशत परीक्षार्थी पास हुने गरेका छन तर, अख्तियारको निगरानी हटेपछि परीक्षामा पास हुने दर अचानक ७० देखि ७५ प्रतिशतसम्म पुगेको देखिन्छ र तथ्याङ्कले आर्थिक चलखेल भएको आशंका पुष्टि गरेको छ।

हाल लिखित परीक्षाका दिन कागजमा लेखिएका टुक्रामा दर्ता नम्बर टिपाएर ट्रायल सेन्टर र कार्यालयमा पुगेर ट्रायल प्रमुख महतोसँग रकम बुझाउने विचौलियाहरूको भिड लाग्ने गरेको देखिन्छ ।

अख्तियारको हस्तक्षेपपछि मोबाइलमार्फत सञ्चार बन्द गरी कागजमा लेखिएको सूची र टोकन प्रणालीमार्फत आर्थिक कारोबार गरिएको खुलासा भएको छ । विश्वसनीय सूचनाहरूले ट्रायल प्रमुख रामसुन्दर महतोले अख्तियारसँग मिलेमतो भएको भन्दै खुलेआम घुसको आधारमा लाइसेन्स वितरणलाई सहज बनाएको आरोप लगाएका छन ।

वीरगन्ज यातायात व्यवस्था कार्यालयमा लाइसेन्स वितरण प्रक्रियामा भइरहेको अनियमितता, घुस लेनदेन र कर्मचारीहरूको मिलेमतोले स्थानीय बासिन्दा र सेवाग्राहीहरूमा गम्भीर असन्तोष र निराशा फैलिएको छ । ट्रायल जिम्मेवारी सम्हालेका व्यक्तिहरूले पैसा बिना केहि नहुने, पैसा ल्याउ काम गराउ प्रबिधि अपनाएर चरम भ्रष्टचारमा लिप्त भएको देखिन्छ । यातायात कार्यालय वीरगञ्जमा देखिएको बिकृतीको बिषयमा नियमन निकायले कतिको चासो देखाउछ, भने प्रश्न खडा भएको छ , भने अनियमितता कायमै रहन्छ कि सबैको चासोको विषय बनेको छ । साभारः ekrantikhabar.comekrantikhabar.com

Leave A Reply

Your email address will not be published.