भारत भ्रमणबाट फर्किएपछि सांसद खानको स्पष्ट सन्देश: सम्बन्ध सुधार व्यवहारमा देखियोस्
काठमाडौं : प्रतिनिधि सभाका १४ जना सांसद सम्मिलित अध्ययन भ्रमण टोली १० दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ । टोली साउन १० गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किएर भारतको नयाँ दिल्ली र गुजरात राज्यको विभिन्न राजनीतिक, औद्योगिक तथा धार्मिक केन्द्रहरूको अवलोकनपछि साउन २० गते फर्किएको हो ।