मेयर बालेन्द्र शाहको आग्रह : अब घर फर्कनुहोस्
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनरत प्रदर्शनकारीलाई घर फर्कन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर शाहले अब हुने क्षति आफूहरूकै हुने भन्दै शान्ति र संयम अपनाउन अपिल गरेका हुन्।
उनले लेखेका छन्, “देश तपाईंहरुकै हातमा हो, तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। त्यसैले अब घर फर्कनुहोस्।”
हालै चर्किएको आन्दोलनका क्रममा विभिन्न स्थानमा तोडफोड र आगजनी भइरहेका अवस्थामा मेयर शाहको यस्तो अपिल आएको हो।