नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
काठमाडौँ : सरकारले नेपाल विद्युत् प्राधिकरण (नेपा) को कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै सिलवाललाई जिम्मेवारी दिएको हो।
सिलवाल प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक हुन्। ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्ताव अनुसार प्राधिकरणको नेतृत्व फेरिएको हो।