Modern technology gives us many things.

२३–२४ भदौ घटनाको छानबिन गर्न आयोग गठन

काठमाडौँ :सरकारले २३ र २४ भदौमा भएका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ। कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्यका रूपमा चयन भएका छन्।

आयोगलाई तीन महिनाको कार्यअवधि तोकिएको छ। जाँचबुझ आयोग ऐनअनुसार यस्तो समिति गठन गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.