Modern technology gives us many things.

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन विषयक सर्वदलीय बैठक आज

काठमाडौं : आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनबारे विस्तृत छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज शुक्रबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा जेनजी प्रतिनिधिसँगै सुरक्षा निकाय, निर्वाचन आयोग तथा निर्वाचनसम्बन्धी अन्य निकायहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

सरकारले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउने उद्देश्यसहित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र परामर्श गरिरहेको छ।

यसअघि नै निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ। प्रमुख दलहरू -नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वयत्त पार्टी (रास्वपा) तथा अन्य मधेस केन्द्रित दलहरू निर्वाचन अभियानमै सक्रिय छन्।

सरकारको आजको बैठकले आगामी निर्वाचन तयारी, सुरक्षाको व्यवस्था तथा व्यवस्थापकीय पक्षबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.