Modern technology gives us many things.

अमेरिका–युक्रेन वार्ता आज : रुससँगको वार्ताबाट ‘कुनै सम्झौता नभएको’ क्रेमलिनको भनाइ

मंसिर १८, एजेन्सी :अमेरिकी विशेष दूत स्टिभ विटकफ र युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्टेम उमेरोभबीच बिहीबार मियामीमा भेटवार्ता हुने भएको ह्वाइट हाउसले पुष्टि गरेको छ। यसअघि विटकफले मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब पाँच घण्टा लामो छलफल गरेका थिए, तर युक्रेन युद्धको समापनबारे कुनै ठोस सहमति नजुटेको क्रेमलिनले जनाएको थियो।

सो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि सहभागी थिए। ट्रम्पले वार्तालाई ‘राम्रो’ भनेका भए पनि “सहमतिका लागि दुई पक्ष चाहिन्छ” भन्दै तत्काल परिणामबारे स्पष्ट भनिनसक्ने जनाएका छन्।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिभियाले रुसले ‘रक्तपात अन्त्य गर्नु पर्ने’ भन्दै पुटिनमाथि विश्वको समय खेर फालेको आरोप लगाएका छन्। यता राष्ट्रपति ट्रम्पले पुटिन युद्ध अन्त्य गर्न इच्छुक रहेको धारणा विटकफ र कुश्नरले पाएको बताएका छन्।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले ‘निकट दिनमा’ थप वार्ता हुने बताएका छन्। उनले युद्ध रोक्न ‘वास्तविक अवसर’ रहेको उल्लेख गर्दै पनि वार्ताका क्रममा रुसमाथि दबाब बढाइरहनुपर्ने आवश्यकता दोहोर्‍याएका छन्।
यसबीच, कब्जामा राखिएको युक्रेनी भूभाग तथा दीर्घकालीन सुरक्षा ग्यारेन्टीबारे दुबै पक्षबीच अझै दुई प्रमुख मतभेद कायम रहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.