Modern technology gives us many things.

नेपाली काङ्ग्रेसको नियमित महाधिवेशनलाई सफल पार्न तरुण दल बाराको जिल्ला अध्यक्ष पटेलको आग्रह

बारा । नेपाली काङ्ग्रेसको नियमित महाधिवेशनलाई भव्य र सफल बनाउन सबै तहका नेता–कार्यकर्ता तथा युवाहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिइएको छ। नेपाल तरुण दलका जिल्ला अध्यक्ष दिपेन्द्र प्रसाद पटेलले वडा तहदेखि नयाँ युवाहरूलाई पार्टीमा जोड्दै महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल पार्न आग्रह गर्नुभएको छ।

आगामी बैशाख २८, २९, ३० र ३१ गते काठमाडौँमा आयोजना हुने महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र भावी कार्यदिशा तय गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष पटेलले युवाहरूको सक्रिय सहभागिताले काङ्ग्रेसलाई थप सशक्त बनाउने बताउनुभयो।

उहाँका अनुसार महाधिवेशनलाई लक्षित गरी देशभर संगठन विस्तार, सदस्यता नवीकरण तथा प्रचार–प्रसारका कार्यक्रमहरू तीव्र रूपमा अगाडि बढाइएको छ। विशेषगरी तरुण तथा नयाँ पुस्तालाई पार्टीको मूलधारमा ल्याउनु नै महाधिवेशनको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

नेपाली काङ्ग्रेस केन्द्रीय प्रचार–प्रसार समितिको संयोजनमा आयोजना हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको ।

Leave A Reply

Your email address will not be published.