Modern technology gives us many things.

सिराहाको गोलबजारमा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको घरमा मध्यरातमा पुगे गृहमन्त्री

बारा कलैया । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुदन गुरुङ मध्यरातमा औरही गाउँपालिका–२, तुलसियाही पुगेका छन्।

गृहमन्त्री शुक्रबार दिउँसो २ बजे नै मृतक परिवारलाई भेट्न आउने जानकारी दिइएको थियो। तर राति अबेरसम्म पनि उनी नपुग्दा परिवार र स्थानीयवासी निराश बनेका थिए। अन्ततः उनी मध्यरातमा मृतकको घर पुगेर परिवारजनसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका हुन्।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि सुरु भएको आन्दोलनको क्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।

घटनापछि परिवारले न्याय, निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै आएको छ। गृहमन्त्रीको भ्रमणका क्रममा घटनाबारे जानकारी लिँदै परिवारका सदस्यसँग छलफल भएको बताइएको छ। यद्यपि घटनाको निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिलाउन सरकारले कस्तो कदम चाल्ने भन्ने विषयमा भने औपचारिक धारणा सार्वजनिक भएको छैन।

Leave A Reply

Your email address will not be published.