Modern technology gives us many things.

बाढीपीडितको पीडामा प्रधानाध्यापक अमृतमान श्रेष्ठको मानवीय पहल

बारा कलैया । बाढीका कारण प्रभावित बनेका स्थानीय बाढीपीडितहरूको अवस्था बुझ्न सेन्ट पिटर एकेडेमी, सिमराका प्रधानाध्यापक अमृतमान श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ।

पीडित परिवारको अवस्था प्रत्यक्ष रूपमा बुझ्दै उहाँले कठिन परिस्थितिमा रहेका नागरिकलाई आवश्यक सहयोग र मानवीय साथ उपलब्ध गराउने विषयमा चासो देखाउनुभएको छ। बाढीले घर–आँगन डुबानमा पारेर जनजीवन प्रभावित भइरहेका बेला प्रधानाध्यापक श्रेष्ठको स्थलगत भ्रमणलाई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरणका रूपमा लिइएको छ।

“विपद्को समयमा पीडितको साथमा उभिनु नै सबैभन्दा ठूलो मानवता हो” भन्ने भावनासहित गरिएको यो पहलले अन्य व्यक्ति तथा संघ–संस्थालाई समेत बाढीपीडितको सहयोगमा जुट्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.