Modern technology gives us many things.

एमालेका वडा अध्यक्षका प्रत्यासी एव प्रभावशाली नेता नेपाली काँग्रेसमा प्रबेश

वीरगञ्ज, २० कार्तिक
वीरगन्ज महानगरपालिका वडा नम्बर २६ का नेकपा एमालेका प्रभावशाली नेता खुर्रम आलम , नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवार समेत बनेका आलम, आइतबार एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् । आइतबार बिहान पर्सा क्षेत्र नम्बर २ का पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारहरुले वडा नम्बर २६ मा गरेको चुनावी घरदैलोका क्रममा आलम एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गर्दै आलमले पर्सा २ मा चौरसिया सहित गठबन्धनका उम्मेदवारलाई जिताउन आजै देखि आफु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा गठबन्धनबाटै प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार रमेश कुर्मीका साथै काँग्रेस, लोसपा , माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।
Leave A Reply

Your email address will not be published.