Modern technology gives us many things.

वर्ष २०२३ को लागि कलैया सिटी जेसिसको नेतृत्व चयन, अध्यक्षमा जयसवाल

बारा, ०३ पौष

कलैया सिटी जेसिसको १३ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन वर्ष २०२२ का शाखा अध्यक्ष संदिप बरइ को सभापतित्वमा शनिबार कलैया दास गेष्ट हाउसमा सम्पन्न भएको छ ।

शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि नयाँ नेतृत्व चयन भएको छ । जसमा अध्यक्ष पदमा जेसि सुभाष जैयसवाल, कार्यकारिणी उपाध्यक्ष जेसि संदिप कुमार साह, जेसि सुरेन्द्र प्रसाद साह तथा उपाध्यक्षमा जेसि मानिकचन साह,  जेसि गणेश ठाकुर, जेसि धर्मेन्द्र प्रसाद यादव र जेसि संजय कुश्वाहा सर्व सहमति बाट निवार्चित हुनुभएको छ ।

अध्यक्ष जेसी संदिप बरइको अध्यक्षतामा सम्मन्न भएको साधारण सभामा संस्थापक अध्यक्ष रामनिवास कुश्वाहा, पुर्व अध्यक्षहरु जेसि बृज किशोर साह, जेसि रामबालक यादव, जेसि धनिलाल सर्राफ, जेसि राजेश कुश्वाहा, जेसि विपीन चौधरी, संस्थापक उपाध्यक्ष जेसि अनिल कुश्वाहा, पूर्व उपाध्यक्ष जेसि  राजेश मण्डल, जेसि ओम प्रका सर्राफ तथा निवर्तमान अध्यक्ष जेसि  शम्भु गुप्ताको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.