महालेखाको खुलासा : एमसीसी परियोजनामा कन्सल्ट्यान्टले काट्छ चेक
अमेरिकी सरकारले अमेरिकी डलर ५०० मिलियन र नेपाल सरकारको तर्फबाट अमेरिकी डलर १३० मिलियन बराबरको रकम विनियोजन गर्नुपर्ने गरी परियोजना सञ्चालित छ । ३०० किलोमिटर विद्युत प्रसारणलाइन तथा सबस्टेसन निर्माण, ७७ किलोमिटर सडकको मर्मत तथा स्तरोन्नति गर्ने लक्ष्यसहित काम गर्ने समितिको वित्तीय अधिकार खुम्च्याइएको महालेखाको ठहर छ ।