Modern technology gives us many things.

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज द्वारा विश्व एड्स दिवस कार्यक्रम सम्पन्न

 नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले आफ्नै अस्पताल परिसरमै एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७औँ विश्व एड्स दिवस कार्यक्रम संपन्न गरेको छ ।
देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण न्युनीकारण गर्ने उध्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आज जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल निर्देशक ईशरत जहाँ अन्सारीको अध्यक्षता तथा कार्यक्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विशिष्ट कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारी , क्लेजका एकेडेमिक निर्देशक नुशरत जहाँ अंसारी अतिथि, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, प्रधनाध्यापक डा.के. एन. सिंह, सह प्राध्यापक रविशंकर गुप्ता, कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतका उपस्थिति रहेको थियो ।
यो वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ ३७ औँ एड्स दिवस केन्डिल बाली तथा जनचेतनामूलक कार्यक्रम गरी मनाइयो ।
एड्स अन्त्यका लागि जनचेतना मुलक नाटक वि. एस. सी. पन्ध्रौं बैचका सुप्रिया कडरिया, करुना नेपाल, अर्चना साह, अस्मिता विश्वकर्मा, सफलता श्रेष्ठ, सुमिना श्रेष्ठ, कृति पौड्याल, माया जोसी लगायतका विद्यार्थीहरुले प्रस्तुत गरेका नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताउनु भयो। प्रस्तुत नाटक पश्चात वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल गरिएको थियो।हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ ।
Leave A Reply

Your email address will not be published.