Modern technology gives us many things.

६८औं सहकारी दिवसको अवसरमा अस्पताल र बाल आश्रममा फलफुल वितरण

वीरगञ्ज,२०चैत । ६८औं सहकारी दिवसको अवसरमा कोअपरेटिभ म्यानेजर क्लब पर्साको आयोजनामा नारायणी क्षेत्रीय अस्पताल तथा बाल आश्रममा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ।

नारायणी क्षेत्रीय अस्पतालमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको नेतृत्वमा फलफुल वितरण गरियो। कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, संस्थापक अध्यक्ष जिष्णु बराल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दास, डा. श्रुति शाह, क्लबका उपाध्यक्ष रामबाबु चौधरी, महासचिव दीपक चौधरी, सचिव प्रदीप कुमार लोहार, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख संजय कुमार महतो तथा सञ्चालक सदस्यहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, सहकारी दिवसको अवसरमा क्लबले बाल आश्रममा समेत फलफुल वितरण गरेको छ। क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

Leave A Reply

Your email address will not be published.