Modern technology gives us many things.

मुख्यमन्त्री अफिसबाट अख्तियारले लिए फाईल, तत्कालिन मुख्यमन्त्री राउतको पालामा खरिद थियो मेसिन

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ। सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसम्बन्धी फाइलहरु अख्तियारले नियन्त्रणमा लिएको हो।

तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा उक्त योजनाहरू कार्यान्वयन ‍भएका थिए। त्यसबारे उजुरी परेपछि छानबिन गर्न सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको अख्तियारको बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुम्बंगले जानकारी दिए।

आर्थिक वर्ष २०७७/०७८ मा निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टमलगायतका सफ्टवेयर खरिद भएको थियो। खरिद भएका सफ्टवेयर अहिलेसम्म प्रयोगमा छैनन्। ती सफ्टवेयरहरु स्टोरमा समेत दाखिला नरहेको एक कर्मचारीले बताए। सफ्टवेयरहरु एक करोडभन्दा बढीमा खरिद भएको थियो।

Leave A Reply

Your email address will not be published.