Modern technology gives us many things.

शान्ति सम्झौता नगरे रूसविरूद्ध कडा कदम चाल्ने फ्रान्सका राष्ट्रपतिको चेतावनी

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले युक्रेनसँग शान्ति सम्झौता गर्न अस्वीकार गरे रूसविरूद्ध कडा कदम चाल्ने चेतावनी दिनुभएको छ । अमेरिका र युरोप शान्ति स्थापनाको पक्षमा रहेको तर रूसले युक्रेनमा बालबालिका र सर्वसाधारण मारिरहेको भन्दै उहाँले युद्ध रोक्न रुस नमानेमा कडा कदम चाल्ने बताउनुभएको अन्तराष्ट्रिय समाचारसंस्था रोयटर्सले जनाएको छ ।

तीन दिन अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह सहर क्रिभी रिहमा रूसले मिसाइल आक्रमण गर्दा नौ बालबालिकासहित २० जना सर्वसाधारणको ज्यान गएको थियो । रूस–युक्रेन युद्ध अन्त्यका लागि मध्यस्त गरिरहेको अमेरिकाले शुरुमा ३० दिनको युद्धविराम गर्ने प्रस्ताव गरेको थियो ।

युक्रेनले अमेरिकाको प्रस्ताव शुरूवातमै स्वीकार गरे पनि रूसले सहमति नजनाउँदा युद्धविराम हुन सकेको छैन । रूस उर्जा संरचनामा आक्रमण नगर्न र ब्ल्याक सीमा जहाज सञ्चालन गर्न सहमत भए पनि अस्थायी युद्धविराममा सहमत भएको छैन । म्याक्रोंनले रुस सहमत हुने आशा रहेपनि धैर्यता गुमाउँदै गएको बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.