Modern technology gives us many things.

पूर्व भौतिक पुर्बधार विकास तथा यातायात मन्त्री सोनलको पहलमा फेटा गाउँको अधुरो सडक निर्माण पुनः सुरु

प्रदेश सरकारको योजना अनुसार बाराको भलुही चौकदेखि बतरा सम्मको पाँच किमी सडक कालोपत्रे योजना अन्तर्गत अधिकांश गाउँमा काम सम्पन्न भइसकेको भए पनि भरवलिया र बिनवलिया गाउँमा सडक निर्माण कार्य केही समयदेखि स्थगित रहेको थियो ।

नेता सोनल आफैँ स्थानीय तहमा पुगेर अगुवा समाजसेवी तथा ठेकेदारहरूसँग छलफल गरी काम तत्काल अघि बढाउने पहल गरेपछि सडक निर्माणको काम पुन: सुरु भएको हो । उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्य शीघ्र सम्पन्न हुने विश्वास पनि दिलाए ।कार्यक्रममा फेटा गाउँपालिका लोसपा प्रत्याशी मदन साह, वडा नम्बर १ का पूर्व वडाध्यक्ष जयप्रकाश दास, पूर्वाधार विकास कार्यालयकी ई. आरती जयसवाल, बैजनाथ पटेल, रामाशंकर पटेल, रामबालक पटेल, नथुनी पटेलसहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।स्थानीयहरूले सडक निर्माण पुनः सुरु भएपछि खुसी व्यक्त गर्दै नेताहरूको सक्रियता र सहकार्यको प्रशंसा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.