Modern technology gives us many things.

कलैयामा आज १९ औं लोकतन्त्र दिवस भव्य रूपमा मनाइँदै

आज वैशाख ११ गते, लोकतन्त्र दिवसको अवसरमा कलैयाको भरत चौकमा मैनबत्ती बालेर लोकतन्त्र प्रति सम्मान व्यक्त गरिएको छ। प्रत्येक वर्षको वैशाख ११ गते २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलन पछिको लोकतन्त्र पुनःस्थापनाको सम्झनामा यो दिवस मनाइएकाे छ।

२०५९ साल जेठ ८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद विघटन गरी सम्पूर्ण कार्यकारी शक्ति आफ्नो हातमा लिएका थिए। उक्त निर्णयको विरोधमा देशभरि जनप्रदर्शन चर्किँदै गएपछि अन्ततः २०६३ साल वैशाख ११ गते राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गर्न बाध्य भएका थिए। यही दिनलाई लोकतन्त्रको पुनर्जागरणको प्रतीकस्वरूप लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।

विभिन्न दलहरु नागरिकको समस्या समाधानमा भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लाग्दै आएको छ। तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले विकास र सुशासनमा ध्यान दिँदै अवस्था सुधारको लागि केन्द्रित हुन दलहरुलाई नागरिकले आग्रह गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.