Modern technology gives us many things.

वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ।

वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो। अर्काे सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ।

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा  ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ।

Leave A Reply

Your email address will not be published.