Modern technology gives us many things.

सरस्वती पूजनको अवसरमा ज्ञान मन्दिर एकेडमीमा १०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बारा जिल्लाको फेटा–गमहरिया स्थित ज्ञान मन्दिर एकेडमीको प्राङ्गणमा आज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरिएको छ। स्वस्थ जीवनयापन कोच लायन स्वेता महेश्वरी शाहले कार्यक्रममा एक सय जना विद्यार्थीलाई नोटबुक तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरिन्।
कार्यक्रम लायन्स क्लब वीरगञ्ज परिवारका युवा अध्यक्ष नरोत्तम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्राध्यापक, रिजन चेयरम्यान संदीप गुप्ता, कोषाध्यक्ष रंजीत क्षेत्री, लायन्स क्लबका सदस्य, शिक्षक, विद्यार्थी, समाजसेवी, पत्रकार तथा शिक्षा विकासप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सरस्वती पूजनको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा निःशुल्क पठनपाठन भइरहेको विद्यालयका विद्यार्थीहरूले शैक्षिक सामग्री प्राप्त गर्दा खुशी व्यक्त गरेका थिए। आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीहरूको अध्ययनप्रति उत्साह र प्रेरणा थप्न महत्वपूर्ण भूमिका खेलेको छ।
विद्यालयका प्रधानाध्यापक अभय तिवारीले प्रदान गरिएको शैक्षिक सामग्री विशेषगरी विपन्न परिवारका निःशुल्क रूपमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिएको जानकारी दिँदै यस्ता सहयोगले शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.