अन्तराष्ट्रिय अमेरिकामा आँधीमा परी कम्तीमा २१ जनाको मृत्यु By Janvi On २०८२ जेष्ठ ३, शनिबार १४:४९ Share अमेरिकाका दुई राज्यका केही भागमा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ।अमेरिकी राज्य केन्टकीका अधिकारीले आँधीका कारण १४ जनाको मृत्यु भएको बताएका छन् भने मिसौरीमा सात जनाको मृत्यु भएको छ। जसमा सेन्ट लुइस सहरका पाँच जना पनि समावेश छन्।शनिबार बिहान दक्षिणपूर्वी केन्टकीको लरेल काउन्टीमा आँधी आएको हो। अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्।मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले ५ हजारभन्दा बढी भवनहरूमा क्षति पुर्याएको बताएका छन्। घरका छाना उडेका छन् र विद्युत आपूर्ति अवरुद्ध भएको छ। Related Posts ICJ Global Media Group LLC र SAARC Journalist Forum बीच… पाकिस्तानमा मस्जिदमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको ज्यान… अमेरिकी कदमबारे चीनको कडा प्रतिक्रिया, भन्यो : मादुरोलाई… सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरहरू प्रभावित भएका छन्। आँधीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका घर–घरमा गएर निरीक्षण भइरहेको अग्नि नियन्त्रण विभागले जनाएको छ। Share