Modern technology gives us many things.

मितेरी सहकारी ठगी प्रकरणमा भण्डारीलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

इन्टरपोलको सहयोगमा कम्बोडियाबाट पक्राउ गरी ल्याइएका सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको समेत नाम जोडिएको मितेरी सहकारीको रकम ठगेको आरोपमा पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।

उनीविरुद्ध प्रहरीले ठगी र किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ । मितेरी सहकारीमा उनको संलग्नतामा ३ करोड ४४ लाख रुपैयाँ हिनामिना भएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ ।

Leave A Reply

Your email address will not be published.