प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा, भ्रष्टाचारको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई नियन्त्रणमा लिएको छ।
शुक्रबार काठमाडौँस्थित आयोगको टोलीले श्रीवास्तवलाई पक्राउ गरेको हो। उनमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना तथा ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोप छ।
आयोग स्रोतका अनुसार, श्रीवास्तवले पदको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि रकम मागेको र लिएको ठोस प्रमाण फेला परेको छ।
श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत छन्। यसअघि उनी पोखरिया नगरपालिकामा कार्यरत थिए।