Modern technology gives us many things.

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ४, खैरवाटोलमा बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । सडक विस्तारका विषयमा विवादपछि ढुङ्गा हानाहान भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिनुभयो । घटनामा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर गणेश र प्रहरी जवान प्रमेश्वर राय यादव उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

अरू आठ जना घाइते स्थानीयबासिन्दा हुन् । गम्भीर घाइते भएका स्थानीयबासिन्दा ५० वर्षीय कुलबहादुर कार्की र ५५ वर्षीय टीकाबहादुर कार्कीलाई थप उपचारका लागि काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ । झडपमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

बरहथवा नगरपालिका–४ वडा कार्यालयले खैराटोलको सडक ढलान गर्न चालू आर्थिक वर्षको योजनाबाट सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सडक विस्तार गर्दा सडकको दुईतर्फ नै बराबर जग्गा लिनुपर्ने माग गरेकोमा केहीले जबर्जस्ती ढलान गर्न खोजेपछि झडप भएको हो ।

Leave A Reply

Your email address will not be published.