Modern technology gives us many things.

देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

काठमाडौँ १३ असार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १५ महाधिवेशन समयमै हुने प्रतिक्रिया दिएका छन्। शुक्रवार चितवन पुगेका बेला भरतपुर विमानस्थलमा पत्रकारले महाधिवेशनको मितिबारे सोधेको प्रश्नमा देउवाले भने, ‘समयमै हुन्छ, समयमै हुन्छ।’

यस्तै सभापति देउवाले वर्तमान सत्तासाझेदारीका क्रममा नेकपा एमालेसँग कुनै असमझदारी नभएको पनि बताए। चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले एमालेसँग असमझदारी नभएको प्रतिक्रिया दिएका हुन् ।

पत्रकारले गभर्नर नियुक्तिका क्रममा देखिएको लामो रस्साकस्सीबारे सोधेको प्रश्नको उत्तर दिँदै देउवाले भने, ‘ठुलो कुरो केही थिएन । मानी हाले नि । दुईवटा पार्टी अलग–अलग पार्टी हुन् ।’

प्रजातन्त्रका सेनानी गौरीदेवी प्रधानको निधनको ७ औँ पुण्यतिथिको अवसर पारेर कांग्रेस चितवनले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागी हुन देउवा चितवन पुगेका हुन्।

Leave A Reply

Your email address will not be published.