Modern technology gives us many things.

रौतहटमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

 रौतहट  असार १६ :श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। रौतहटको ईशनाथ नगरपालिका–७ की २० वर्षीय चाँदनी खातुनको हत्या गरेको आरोपमा उनका श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चाँदनीको हत्या गरी मन्सुरी तीन वर्षदेखि फरार रहेकोमा  शुक्रबार पक्राउ गरिएको रौतहटका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।

प्रहरीका अनुसार मन्सुरीले चाँदनीको हत्या गरी ईशनाथ नगरपालिका–४ मठियास्थित गहुँ खेतमा शव फालेर फरार भएका थिए। उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.