Modern technology gives us many things.

अभिलेखमै नभएको दुर्गा माविका नाममा भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ  नक्कली विद्यालय खडागरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध अभियोग पत्र दायर भएको छ ।

अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा रहेको दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। यद्यपि उक्त स्थानमा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको अख्तियारको दाबी छ ।

अहिले ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा रहेको अख्तियारको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.