Modern technology gives us many things.

धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र कन्स्ट्रक्शन प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा बजार नाला तथा पोहोरमैला व्यवस्थापन शीर्षकबाट विना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रूपमा एउटै निर्माण व्यवसायीबाट ३ वटा निर्माण व्यवसायीको नामले टेन्डर गरेको, कमिसन लिएर विना प्रतिस्पर्धा एकता सप्लायर्ससँग मिलेमतोमा पटक–पटक म्याद थप्दै गुणस्तरहीन बजार सेड निर्माण गरेको, सेड निर्माणको कामभन्दा बढी नापी किताब तयार गरी ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ ।

अख्तियारले उनीहरूसँग ३१ करोड ३४ लाख रुपैयाँ बिगो माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.