Modern technology gives us many things.

वामपन्थी एकताको चर्चाबीच पेरिसडाँडामा ५ कम्युनिस्ट पार्टीको बैठक

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायतका शीर्ष नेताहरू सहभागी छन्।

माओवादी केन्द्रका एक नेताका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी दलहरूबीचको सहकार्य र सम्भावित समाजवादी मोर्चा निर्माणका विषयमा छलफल भइरहेको छ।

दाहालले पछिल्लो समय वामपन्थी दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.