Modern technology gives us many things.

नेपाललाई सुरुवातमै झट्का, १० मिनेटमै खायो दुई गोल

काठमाडौं   : एएफसी महिला एसियन कप छनोटको निर्णायक तथा अन्तिम खेलमा नेपालले आयोजक उज्वेकिस्तानविरुद्ध सुरुवातमै निराशाजनक प्रदर्शन गरेको छ।

खेल सुरु भएको १० मिनेटभित्रै नेपालले दुई गोल खाएको हो।

खेलको दोस्रो मिनेटमै गोल खाँदै पछि परेको नेपालले सम्हालिन नपाउँदै १० औं मिनेटमा दोस्रो गोल बेहोर्न पुग्यो।

रक्षापंक्तिमा देखिएको तालमेलको अभावको फाइदा उठाउँदै उज्वेकिस्तानले खेलमा पूर्ण रूपमा नियन्त्रण जमाएको छ।

खेलको विजेता टोली सोझै एसियन कपमा छनोट हुने भएकाले नेपाललाई अब खेलमा फर्किन ठूलो चुनौती थपिएको छ।

Leave A Reply

Your email address will not be published.