विवेकशील साझामा नेतृत्व परिवर्तन: कार्यवाहक अध्यक्ष बने परियार
अध्यक्ष समीक्षा बाँस्कोटा जर्मनीको भ्रमणमा निस्कने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी परियारले पाएका हुन्।
शनिबार (आज) जर्मनी उडेकी अध्यक्ष बाँस्कोटा असार ३१ गतेसम्म त्यतै रहनेछिन्।
त्यस अवधिभर पार्टी विधानअनुरूप कामकार्यवाही गर्नेगरी अध्यक्ष बाँस्कोटाले परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन्।
