Modern technology gives us many things.

बाढीले बगाएका प्रहरी जवान ठाकुरको अवस्था अज्ञात, परिवारले गरे सकुशल उद्धारको माग

 रसुवा स्थित नेपाल–चीन सीमामा पर्ने भोटेकोसी नदीमा आएको बाढीले बेपत्ता बनाएका बाराका मुन्ना ठाकुरको परिवारले उनको सकुशल उद्धारको माग गरेका छन्।

बाढीमा परेर बेपत्ता हुनेमध्ये बाराको फेटा गाउँपालिका–१,भलुही टोलका २४ वर्षीय प्रहरी जवान ठाकुर बेपत्ता भएका हुन्। असार २४ गते मंगलबार बिहान ३ बजे आएको बाढीले नेपाली र चिनियाँ नागरिकसहित १८ जनालाई बेपत्ता बनाएको थियो।

२०७८ सालमा नेपाल प्रहरीमा ठाकुर भर्ती भएका थिए। उनी रसुवागढीमा कार्यरत थिए। जेठ११ गते घर उनी आएका थिए। केही दिन घर बसेपछि पुन: फर्किएका थिए। अहिलेसम्म पनि उनी सम्पर्कविहीन छन्।

बेपत्ता भएको नौ दिन बितिसकेको छ। ठाकुर अज्ञात हुदा परिवारमा निराशा र पीडा बढेको छ। ठाकुरकी आमा सुनैना देवी छोराको प्रतिक्षामा रहेकी छन्। उनी दिनरात पर्खिरहेकी छिन्।

ठाकुरकी पत्नी गुन्जा ठाकुरले पनि सम्बन्धित निकायलाई उद्दारमा थप सक्रियता देखाउन उनले आग्रह गरेकी छन्। अबको पोस्टिङ्ग वीरगञ्ज भएको भन्दै केही दिनमा आउँछु भनेर भन्नु भएको थियो। ९ दिन भए पनि अत्तोपत्तो छैन,” उनले भनिन्।

परिवारका अन्य सदस्यहरू समेत मानसिक तनावमा छन्। मुन्नाका ठूलोबुवा फुल्चन ठाकुरले राज्यसँग भतिजोको सकुशल उद्दार गर्न माग गरेका छन्।

खोजी कार्यमा खटिएको टोलीले अहिलेसम्म ७ जनाको शव फेला पारेको छ। तीमध्ये एक शव मुन्ना ठाकुरको हुन सक्ने शंका रहेकाले उनका पिताको डिएनए परीक्षाका लागि काठमाण्डौं लगिएको छ। परीक्षाको नतिजा आउन बाँकी छ।

 

Leave A Reply

Your email address will not be published.