Modern technology gives us many things.

बाराको बैराटपुरमामा आगलागी हुदाँ लाखौंको क्षति, एकजना घाइते

कलैया, ०१ साउन। बाराको बैराटपुरमा आगलागी हुदाँ लाखौंको क्षति भएको छ भने एकजना घाइते भएका छन्।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं २३ बैराटपुर स्थित खेतमा मोटरबाट पानी पटाउने क्रममा तार सर्ट भई आगलागी हुदाँ एक थान मिटर, एक थान मोटर, पाईप, मल, काठ र लत्ताकपडा जलेर २ लाख बराबरको क्षति भएको हो।

आगलागीबाट स्थानीय ६० वर्षिय पुरुष जगदीश सिंहको बायाँ हात, खुट्टा जलेर समान्य घाइते भएका थिए। उपचार पश्चात अहिले उनी घर फर्किसकेका छन्।

आगलागीलाई अस्थायी प्रहरी पोष्ट गंगापुर को टोली, दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.