आईटी आर्मीको चौथो स्थापना दिवसमा काटघाट शिवालयमा जुस वितरण
बारा , ०५ साउन
आम जनता पार्टी निकटको युवा संगठन आईटी आर्मीको स्थापना दिवसमा सोमबार बारामा जुस वितरण गरिएको छ । साउनको दोस्रो सोमबारको अवसरमा भक्तजनलाई सम्मानस्वरूप जुस र फलफूल वितरण गरिएको छ ।
Related Posts
संगठनको चौथो स्थापना दिवसको अवसरमा बारा जिल्लाको प्रसिद्ध धार्मिक स्थल काटघाट शिवालयमा साउन महिनाको दोस्रो सोमबार भक्तजन तथा मेलामा आएका सर्वसाधारणलाई १५० वटा जुस वितरण गरिएको छ।
आम जनता पार्टी मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको विशेष उपस्थितिमा आईटी आर्मी बारा उपाध्यक्ष अरुण चौधरी, आम जनता पार्टी जिल्ला कार्यालय सदस्य अशोक लामा, जिल्ला अध्यक्ष राजकिशोर साह लगायतको जुस वितरणमा सहभागिता रहेको थियो।
स्थानीयस्तरमा धार्मिक चेतना बढाउने र सेवाभावको सन्देश दिने उद्देश्यले जुस वितरण गरिएकोमा भक्तजन र स्थानीयले प्रशंसा गरेका छन्। साउन महिनाको सोमबार हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन हो ।