Modern technology gives us many things.

७८ लाख घुस प्रकरणको अडियो सक्कली, अख्तियारमा बयान दिन जाँदै गुप्ता

मन्त्री गुप्ताले उक्त अडियो आफ्नो नभएर एआई जडित भएको भन्दै सार्वजनिक बक्तव्य जारी गरीरहँदा विधिविज्ञान प्रयोगशालाले उक्त अडियो सक्कली नै भएको पुष्टि गरेको छ।कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचको ‘घूस प्रकरण’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ।

अडियो सक्कली भएको प्रमाणित भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमै बोलाएका छ । बिचौलियाबाट रकम बुझेर कास्कीका मालपोत र भूमि आयोगका अधिकारीमार्फत जग्गा हडप्ने योजनाको ‘घूस प्रकरण’ अडियो सार्वजनिक भएपछि गुप्ताले ३१ असारमा राजीनामा दिएका थिए । सुरुमा आरोपमा सत्यता नभएको जिकिर गरेका गुप्तामाथि कारबाहीको माग बढ्दै गएपछि बाध्य भएर राजीनामा दिएका हुन्।

 

Leave A Reply

Your email address will not be published.